Department of Consular Services, Nepal
logo
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको अनलाइन फाराम भर्ने तरिका
  1. प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणको अनलाइन फाराम भर्दा एकचोटी आफ्नो प्रहरी प्रतिवेदनमा रहेको सम्पूर्ण विवरण (जस्तै नाम, ठेगाना, राहदानी नं, नागरिकता नं इत्यादि) हेर्नुहोला र त्यसमा केही कुनै जानकारी गलत भएमा पुन: नयाँ प्रहरी चारीत्रिक प्रमाणपत्र लिनुहोला । सम्पूर्ण विवरण ठिक भएमा मात्र प्रमाणीकरणको लागि कन्सुलर सेवा विभागको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइन फाराम भर्ने वेबसाइट (att.nepalconsular.gov.np) मा तल दिएको निर्देशन बमोजिम अनलाइन फाराम भर्नुहोला ।
  2. तल दिएको चेकबक्स (Checkbox) मा Click गरि Next बटनमा Click गर्नुहोला | Next बटनमा Click गर्दा आउने Captcha मा दिएको अक्षर/नम्बर भर्नुहोला ।
  3. प्रहरी चारित्रिक प्रमाणपत्रमा उल्लेख गरिएको Dispatch No. (2080-123456) र जन्म मिति(Date of Birth-AD (1984-10-05)) TextBox मा दिई Submit गर्नुहोला ।
  4. Submit गर्दा प्रहरी चारित्रिक प्रमाणपत्रमा भएका विवरणका साथै प्रहरी चारित्रिक प्रमाणपत्र र राहदानी/नागरिकता समेत हेर्न सक्नुहुनेछ | सम्पूर्ण विवरण ठिक भएमा मोबाईल नं. उल्लेख गरी Next बटनमा Click गर्नुहोला।
  5. Next बटनमा Click गर्दा रिफरेन्स नं. (Reference No.), EBP No. र रकम (Amount) देखाउनेछ।
    1. रिफरेन्स नं. (Reference No.) अनिवार्य रूपमा कपी गर्नुहोला वा लेखेर राख्नुहोला | प्रमाणीकरण भैसकेपछि यही रिफरेन्स नं. (Reference No.) र प्रहरी चारित्रिक प्रमाणपत्रमा भएको Dispatch No. प्रयोग गरी प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र Download गर्नसक्नुहुनेछ ।
    2. EBP No. भनेको राजश्व बुझाउने भौचर नम्बर हो र Amount (रकम) भनेको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण वापत तिर्नुपर्ने राजश्व रकम हो ।
  6. रिफरेन्स नं. (Reference No.), EBP No. र रकम (Amount) को तल Pay Now, Bank Voucher र Verify Payment देखाउनेछ |
    1. Pay Now: राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा आवद्ध Payment Gateway हरु जस्तै ConnectIPS, Khalti, Esewa को Web Portal मार्फत राजश्व बुझाउन चाहनु भएमा Pay Now बटनमा Click गरि आफूसँग भएको Payment Gateway मा चयन गरि राजश्व रकम जम्मा गर्न सक्नुहुनेछ | राजश्व रकम जम्मा भईसकेपछि Verify Payment बटनमा Click गर्नु भएमा नेपाल सरकारको खातामा रकम जम्मा भएको खण्डमा Payment Verified and your application is submitted successfully देखाउछ वा Payment is not Verified देखाएमा २ देखि ३ मिनेटसम्म प्रतिक्षा गर्नुहोला त्यसपछि पनि नभएमा सम्बन्धित Payment Gateway मा सम्पर्क गर्नुहोला |
    2. Bank Voucher: आफूसँग Payment Gateway जस्तै ConnectIPS, Khalti, Esewa नभएमा Bank Voucher मा Click गरि भौचर प्रिन्ट गरि Global IME Bank को नेपालभरी कुनैपनि शाखावाट राजस्व बुझाउन सक्नुहुनेछ | तर Global IME Bank मार्फत राजस्व बुझाईएमा फेरी यहीं वेबसाईट मार्फत Verify Payment बटनमा Click गरि रिफरेन्स नं. (Reference No.) र प्रहरी चारित्रिक प्रमाणपत्रमा भएको Dispatch No. दिएर राजश्व रुजु हुनेछ र राजस्व भुक्तानी गरिएको भौचर प्रिन्ट/डाउनलोड गर्न चाहनु भएमा Print Paid Voucher बटनमा Click गरि प्रिन्ट/डाउनलोड गर्न सक्नुहुनेछ |
    3. Payment Verify: राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा आवद्ध Payment Gateway हरु जस्तै ConnectIPS, Khalti, Esewa को मोबाईल App मार्फत राजश्व भुक्तानी गर्नु भएमा, Payment Verify बटनमा Click गरि राजस्व भुक्तानी गरिएको भौचर प्रिन्ट/डाउनलोड गर्न Print Paid Voucher बटनमा Click गरि प्रिन्ट/डाउनलोड गर्न सक्नुहुनेछ |
  7. प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाईन फारम सफलतापूर्वक पेश भएपछि कन्सुलर सेवा विभागले निवेदन रुजु गर्दा ठिक भएमा एक कार्यदिन पछि यहीं वेबसाईट (att.nepalconsular.gov.np) मा Download Attested PCC बटनमा Click गरि रिफरेन्स नं. (Reference No.) र प्रहरी चारित्रिक प्रमाणपत्रमा भएको Dispatch No. दिई Download Attested Police Clearance Certificate बटनमा Click गरि प्रहरी चारीत्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको प्रमाणीकृत Stamp प्रहरी चारित्रिक प्रमाणपत्रको Dispatch No. भन्दा माथि देखापर्नेछ । तत्पश्चात कलर प्रिन्ट गरी मात्र सम्बन्धित ठाउँमा बुझाउनु होला |
  8. कन्सुलर सेवा विभागले निवेदन रुजु गर्दा कुनै विवरण नमिलेमा Reject भएको SMS प्राप्त गर्नुहुनेछ |
  9. प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि राजश्व बुझाईसकेपछि पनि विभागले प्रहरी चारित्रिक प्रमाणपत्र रुजु गर्दा कुनै विवरण नमिलेमा त्यस्ता प्रहरी चारित्रिक प्रमाणपत्रमा प्रमाणीकरण हुनेछैन र अस्विकार (Reject) गरिनेछ |
नोट: निवेदन पेश गर्दा Payment Verified and Your application is submitted successfully देखाएमा मात्र निवेदन पेश भएको मनिनेछ |